Paschim Express
दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला

बैतडी । बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका छन् ।

३० बर्षीया सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन । उनी श्रीमतीलाई भेट्न ससुराली गएका थिए ।

दुई/तीन दिन अगाडी बिदा लिएर गएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव सिंहले जानकारी दिए ।

बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत थिइन् । बैतडीको पुर्चौडी नगरपालिका ३ घर भएका बोहरा कञ्चपुरको बह्रमदेवमा कार्यरत थिए ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update