Paschim Express
मुख्यमन्त्री शाह भन्छन्,  ‘सुदूरपश्चिमका सरकार ढल्दैन’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई तत्काल सरकार नढल्ले ब्रिफिङ गरेका छन् । आज मुख्यमन्त्री निवासमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई मुख्यमन्त्री शाहले बोलाएका थिए । 

छलफलमा मुख्यमन्त्री शाहले कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, कांग्रेसकै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद र आर्थिक मामिला मन्त्री नरेश शाही सहभागी थिए । 

छलफलमा तत्काल आफूले राजीनामा नदिने र सरकार ढल्ले अवस्था पनि नरहेको जिकिर गरेका थिए । मुख्यमन्त्री शाह कांग्रेसका हुन् । केन्द्रमा भएको गठबन्धनमा अहिलेसम्म नगरिकन उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेका छैनन् । यी दुई पार्टी नयाँ गठबन्धमा सहभागी नहुँदा सरकार सुरक्षित रहेको मुख्यमन्त्री शाहको जिकिर थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ जना प्रदेशसभा छन् । यहाँ कांग्रेस १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । यहाँ राप्रपा १ र स्वतन्त्रका १ प्रदेशसभा सदस्य छन् ।

सुदूरपश्चिम सरकार गठनको लागि २७ जना आवश्यक पर्छ । यहाँ नागरिक उन्मुक्ति नयाँ गठबन्धनमा नजाँदा बहुमत पुग्दैन । मुख्यमन्त्री शाहले तत्काल कांग्रेससँग नाउपा र नेकपा एस रहदा पनि सरकार जोगिने मन्त्रीहरूलाई सुनाएका थिए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दुई मन्त्री निस्किएपछि मुख्यमन्त्री शाह आफ्ना २ मन्त्रीसंग छलफलम जुटेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update