Paschim Express
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीका मन्त्री बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।

केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई यथावत राखेका छन् ।

सुदूरपश्चिममा नाउपा र नेकपा(एस) काे समर्थन कायम भए मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । साेही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने, एउटा सिट रिक्त छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update