Paschim Express
नेपाल फाइनलमा ४ विकेटले पराजित, नेदरल्यान्ड्सले जित्यो उपाधि

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए । नेदरल्यान्ड्स शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update