Paschim Express
डडेल्धुराबाट अत्तरिया गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना

डडेल्धुरा ।  डडेल्धुराबाट कैलालीको अत्तरियातर्फ गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ । बुधबार दिउँसो गोदावरीको भ्यागुत्ते पानीमा सुपप्र ०२००१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४ जना यात्रु घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका – १ की ३६ वर्षीय कमला निडाल, कैलालीको चुरे गाउँपालिका – ६ की २६ वर्षीय लक्ष्मी सापकोटा, उनका ४ वर्षीय छोरा युवराज सापकोटा र चुरे गाउँपालिका – ८ की २६ वर्षीय वन्दना उपाध्याय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ ।

ब्रेक लगाउँदा भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update