Paschim Express
सुदूरपश्चिम प्रदेश : समाजवादीका मन्त्री पनि बर्खास्त, अल्पमतमा सरकार

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री भएका नरेश कुमार शाहीलाई पनि बर्खास्त गरेका छन् ।

बदलिएको राजनीतिक समीकरणपछि केन्द्रमा समाजवादीले नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै यहाँ समाजवादीबाट मन्त्री बनेका शाहीलाई बर्खास्त गरेका हुन् ।

यसअघि मन्त्री शाहले माओवादीको २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खात गरिसकेका छन् । बर्खास्त हुनेमा सामाजिक विकास मन्त्री झपट साउँद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल रहेकी छन् ।

समाजवादी पार्टीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ ।

अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यकाे मात्र समर्थन छ । जबकि सरकार जाेगाउन २७ जनाकाे समर्थन चाहिन्छ ।

नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएकाे छैन् ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update