Paschim Express
पत्रकार महासंघ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य थापाको निधन

बैतडी ।  नेपाल पत्रकार महासङ्घ बैतडी–दार्चुला शाखाका संस्थापक सदस्य एवं बैतडीका अग्रज पत्रकार जितसिंह थापाको निधन भएको छ । दशरथ चन्द नगरपालिका–८, त्रिपुरा घर भएका थापाको बुधवार साँझ ७३ वर्षको उमेरमा निधन भएको हो । 

नेपाल पत्रकार महासङ्घको बैतडी–दार्चुला शाखाको २०५९ सालमा संस्थापक सदस्य भएर थापाले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । दुर्गममा पत्रकारिताको जग बसाल्न थापाको महत्त्वपूर्ण योगदान रहेको पाण्डेयले बताए ।

भारतीय सेनाबाट सेवा निवृत्त भएपछि थापा २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा लागेका थिए । उनी भारतीय पत्रिका अमर उजाला लगायतका सञ्चार माध्यममा रिपोर्टिङ गर्थे । 

पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधवार साँझ आफ्नै निवासमा निधन भएको हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update