Paschim Express
सुरू भयाे डडेल्धुरा महोत्सव, प्रदेश प्रमुखले गरे उद्घाटन

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आजबाट सुरु भएको छ । 

डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । 

महोत्सव आज फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ।

यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update