Paschim Express
रडुवामा सुख्खा पहिरो खस्दा डडेल्धुरा-डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
फाइल फोटो

डडेल्धुरा । डडेल्धुरा-डोटी जोड्ने केआईसिंह राजमार्ग अन्तर्गत रडुवा खोला क्षेत्रमा सुख्खा पहिरो खसेको छ । बुधबार दिउँसोदेखि सडकमाथिबाट ढुंगामाटो खस्न सुरु भएपनि बिहीबार साँझ भने ठूलै सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सुख्खा पहिरो हटाउने प्रयास भइरहेको जानकारी दिएका छन् । पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कति समय लाग्छ भन्नेबारे  भन्न नसकिने उनले बताए ।  

राजमार्ग अवरुद्ध बनेपछि अहिले केही यात्रुले गजरौला- बडाल हुँदै भातकाँडा तथा बेडूपानी हुँदै खोला तरेर रडुवा नजिक निस्कने बैकल्पीक मार्ग प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update