Paschim Express
महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाऊँ : आरजु राणा

डडेल्धुरा । नेपाली काङ्ग्रेसकि नेतृ एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छिन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सन्देश जारी गर्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल र विश्वभर लैङ्गक समानताको प्रवर्द्धन भएका महत्त्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै महिलालाई नवीनतम प्रविधिमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता गर्न आवश्यक रहेको बताएकी हुन् । 

नेपाली नारीले आफूले पाएको अवसरमा सफल भएको बताउदै उनले नेपाली नारीले लगातार रुपमा शिक्षा, स्वास्थ्य, सेवामा पहुँच लगायत कार्यस्थल र समान अवसरका क्षेत्रमा भोग्दै आएको बाधा र भेदभाव एकआपसमा हातेमालो गरेर तोड्न लागिपर्ने उल्लेख गरेकी छिन् ।

साथै उनले अन्तरास्ट्रिय महिला दिवसको अवसरमा डिजिटल स्पेससहितका क्षेत्रहरूमा लैङ्गक समानताको प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्न पनि सबैलाई अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update