Paschim Express
सुदूरपश्चिममा सरकार विस्तार, दुई मन्त्री र एक राज्यमन्त्री थपिए

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज चाैठाें  पटक सरकार विस्तार गरेकाे छ ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । आज नै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्द्रा गिरि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र  खुशीराम चाैधरीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहको सरकार अल्पमतमा छ । माओवादी केन्द्र र एकीकृत समाजबादीले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेका छन् । सरकार बनाउनका लागि सुदूरपश्चिममा २७ प्रदेशसभा सदस्य आवश्यक हुन्छ । अहिलेको सरकारलाई काङ्ग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक गरि २६ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update