Paschim Express
डडेल्धुरामा योजना तर्जुमाबारे प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

 

डडेल्धुरा । डडेल्धुरामा योजना तर्जुमाबारे प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा रहेका महिला नेतृत्व मंच र युवा संजालका २० जना महिला प्रतिनिधिलाई स्थानिय तहको योजना तर्जुमा सम्बन्धमा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरीएको हो । 

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल संगको संयुक्त साझेदारीमा संचालित नेपालको राजनितिमा महिला नेतृहरुको रुपान्तरीत नेतृत्व परियोजनाअन्तर्गत ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हो । 

स्थानिय तहहरुका योजना तर्जुमा प्रक्रियाका ७ वटा चरण एवं प्रक्रियाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता, योजना छनोट दौरानमा हुने निर्णायक भुमिका र प्रभाकारीमुलक योजनाहरु छनोट लगायतका विषयमा केन्द्रीत भई अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिमा परियोजनाको सहजीकरणमा गठन गरिएका महिला नेतृत्व मंच र युवा संजालबाट सहभागीहरु रहेको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिए । 

`अहिले हामी स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा छौ । पालिका र समुदायस्तरमा हुने योजना तर्जुमा प्रक्रियाको दौरानमा नै यो प्रशिक्षक प्रशिक्षण कार्यक्रमले ठुलो सहयोग पुर्याउने छ,´ कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेससभा सदस्य सरस्वती खड्काले भनिन् ।

महिलाहरुले आफ्ना समुदायमा छनोट गरीने योजनाहरुको प्रारम्भिक चरणदेखि सम्पूर्ण योजनाहरुको बृस्तीत विवरण राखी त्यसको कार्यान्वयन चरणसम्म अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

योजना तर्जुमा प्रक्रियामा महिला सहभागिता सुनिश्चित हुने र पालिका तहमा बजेट विनियोजनका क्रममा ठुलो सहयोग हुने गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठी देउवाले बताइन् । अमरगढी नगपालिका नगर उपप्रमुख पार्वती झुकालले महत्वपूर्ण कार्यक्रमको आयोजनाका लागि रुडुकलाई धन्यवाद दिइन् ।

महिला अधिकारकर्मिहरु, कार्यपालिका सदस्य, महिला नेतृत्व मंचका संयोजक एवं सदस्यहरु उपस्थीत ५ दिने कार्यक्रमको उद्घाटन सत्र रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाको सभाध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update