Paschim Express
मनमोहक अपी हिमाल [तस्बिरहरु]

डडेल्धुरा । दार्चुलामा रहेको अपी हिमाललाई मुख्य प्राथमिकतामा राखेर पर्यटन भ्रमण वर्ष मनाउन थालिएको छ । सुदूरपश्चिम प्रदेशकै अग्लो (७ हजार १३२ मिटर उचाइ) अपी हिमाल भ्रमणका लागि अपी हिमाल गाउँपालिकाले ‘अपी हिमाल भ्रमण वर्ष २०८०’ घोषणा गरेको हो ।

गाउँपालिकाले विश्व पर्यटन दिवसको अवसरमा अपी हिमालको बेसमा एक कार्यक्रम गरी अपी हिमाल भ्रमण वर्षको लोगो सार्वजनिक गरेको हो । 

विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालगायतका जनप्रतिनिधि, मन्त्रालय र गाउँपालिकाका कर्मचारी, पर्यटन व्यवसायी र आन्तरिक पर्यटकहरू ३ दिनको यात्रापछि अपि हिमालको बेस क्याम्प पुगेका थिए ।

त्यहाँबाट भ्रमण वर्ष सुरु भएको उद्घोष गरिएको हो । अपीको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक रहनसहन र भेषभूषा अवलोकनका लागि अपी हिमाल गाउँपालिकामा भ्रमण गर्न सबैलाई अनुरोध गरिएको छ ।

 

No description available.

No description available.

No description available.No description available.

No description available.

फोटो : दिनेश बिष्ट

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update