Paschim Express
दार्चुलामा बाघको छालासहित एकजना पक्राउ

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–२ लटिनाथ बजारबाट प्रहरीले बाघको बाघसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार साँझतिर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ३६ वर्षीय शेरसिंह धामीलाई बाघको छालासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मार्माको लटिनाथ बजारबाट दुई वटा पहाडी बाघको छालासहित धामीलाई नियन्त्रणमा लिइएको हो ।  प्रहरीको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा धामीको साथमा रहेको झोलाभित्र दुई वटा बाघको छाला फेला परेको थियो । 

अहिले बाघको छालासहित नियन्त्रणमा लिएका धामीलाई इलाका प्रहरी कार्यालय लटिनाथमा रहेको र सदरमुकाम ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update