Paschim Express
आजदेखि एमाले बैतडीको जिल्ला अधिवेशन

बैतडी । आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ ।  आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् ।

१ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । अधिवेशनकै लागि नेकपा  एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।  

आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका छन् ।

अध्यक्षमा आकांक्षा धेरैले जनाएपनि सहमतीबाटै नेतृत्वको टुंगो लगाउने पक्षमा शीर्ष नेतृत्व देखिएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update