Paschim Express
सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ ।

सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो ।

प्रदेश सभा सचिव देवबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज १६ गते मंगलबार दिनको १: ०० बजे प्रदेश सभाको बैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’

आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update