Paschim Express
सर्‍यो एमाले डडेल्धुराको जिल्ला अधिवेशन

डडेल्धुरा । यहि फागुन ३० गते परशुराममा हुने भनिएको नेकपा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन चैत ५ गते सम्मको लागि सरेको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भनिएको अधिवेशन पछिल्लो समयमा विकास भएको राजनीतिक अवस्थाका कारण केहीदिन पछाडि सार्नुपरेको प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताए ।

जिल्ला अधिवेशनको सम्पूर्ण तयारी भइसकेकाे थियो । जिल्ला अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वरप्रसाद ओझा (विपिन) ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update