Paschim Express
कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी, पुलको तारमा समेत सल्कियो

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो पुलमा समेत सल्किएको छ । आगो निभाउने प्रयास जारी छ ।

लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update