Paschim Express
सुदूरपश्चिम प्रदेश सरकार फेरि विस्तार, एक मन्त्री थपिए

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त भएका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ । 

गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update