Paschim Express
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस

डडेल्धुरा । सुदूरपश्चिमसहित तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका कांग्रेस निकट प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरु तीन जना कांग्रेस निकट हुन् ।

उनीहरुलाई हटाएर सरकारले एमाले निकट  भण्डारी, भट्ट र मियालाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update