Paschim Express
कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो नियन्त्रणमा

कैलाली । कैलाली र बर्दियाको सिमानास्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए ।

इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका छन् । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update