Paschim Express
नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश विक सर्वसम्मत चयन

बैतडी ।  नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा  हजारी साउद, उपसचिवमा  हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन भैसकेको र घोषणा गर्न बाँकी रहेको स्रोतले बताएको छ । नरेन्द बिष्टलाई माथिल्लो पदमा मनोनितका लागि सहयोग गरिने सहमति भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update