Paschim Express
डडेल्धुरामा सहकारीकर्मीलाई पर्ल्स अनुगमन प्रणाली तालिम 

डडेल्धुरा । नेफ्स्कून सदस्य सेवा कार्यालय डडेल्धुराको आयोजनामा फागुन २६ गतेदेखि २८ गतेसम्म डडेल्धुरामा पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन गरिएको छ ।

तालिममा कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र अछाम गरि सुदूरपश्चिममा ६ जिल्लाका २६ सहकारीका २९ जनाको सहभागिता रहेको थियो । नेफ्स्कून सञ्चालक दिप्ती शाहीको अध्यक्षतामा फागुन २६ गते उद्घाटन भएको कार्यक्रमको प्रमुख अतिथी सहकारी महासंघका निवर्तमान सञ्चालक एवं डडेल्धुरा बचत संघका अध्यक्ष पदमा गुरुङ्ग र विशिष्ट अतिथी सुदूरपश्चिम बचत संघका सञ्चालक अमरबहादुर पुन रहेका थिए । 

431230270_3174363709538366_1447628905313144578_n-1710242395.jpg

तालिम समापनमा सहभागीहरुले महत्त्वपूर्ण सिकाइ भएको र सिकाइलाई संस्थाको वित्तिय सूचक परिक्षण गरि संस्थागत विकासमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै  संघका सदस्य सेवा कार्यालयका इन्चार्ज जोशीले सदस्य संस्थाहरुको माग सम्बोधन हुने गरी तालिमका कार्यक्रमहरु राख्दै आएको भन्दै आगामी दिनमा पनि सदस्य संस्थाहरुलाई नै ध्यानमा राखेर तालिम र शिक्षा कार्यक्रमहरुमा जोडिने जानकारी गराएका थिए ।

431521254_1039980540434810_365497890818280291_n-1710242325.jpg

३ दिने तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमल्सिनाले गरेका थिए । तालिमको समग्र व्यवस्थापन संघको डडेल्धुरा सदस्य सेवा कार्यालयका इन्चार्ज धर्मराज जोशीले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update