Paschim Express
डडेल्धुराको परशुराममा निःशुल्क स्वास्थ्य शिविर

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको समन्व्यमा जोगबुढा अस्पताल र धनगढीको नवजीवन अस्पतालबीचको सहकार्यमा उक्त शिविर हिजो(मंगलबार) सम्पन्न भएको हो । 


शिविरमा २०८ वयस्क र ६६ जना बालिबालिको स्वास्थ्य चेकजाँच भएको छ । यस्तै शिविरबाट १५ जनाले दन्त सेवा, ३४ जनाले एक्सरे सेवा, यूयसजी सेवा ३० जनाले,  इयसजी सेवा ४१ जनाले, ४४ जनाले ल्याब सेवा र २१० जनाले फार्मेसी सेवा लिएका छन् । 

शिविरमा विशेषज्ञ चिकित्स राजु विष्ट(एमडी,एमबीबीएस) र डा सतीश कुमार शर्मा(एमडी,एमबीबीएस)ले सेवा दिएका थिए । 
नगरपालिकामा हरेक महिना यस्तो नि:शुल्क स्वास्थ्य शिविर हुने गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update