Paschim Express
डडेल्धुरा जेसिजद्वारा विद्यार्थीलाई लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना 

डडेल्धुरा । डडेल्धुरा जेसिजले लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्याम्ब्रिज पब्लिक स्कुलमा सचेतना कार्यक्रम गरेको जेसिज वर्ष २०२४ की अध्यक्ष लक्ष्मी ऐरले जानकारी दिइन् । 

431556228_421506853804853_2853579322250339136_n-1710310785.jpg

उनका अनुसार मासिक टास्कअन्र्तगत विद्यार्थीहरुलाई प्रहरीमार्फत नै लागुऔषध दुव्र्यसनी, यसले सामाजमा पारेको असर र नियन्त्रणमा सबैको भूमिकाबारे सचेत गराइएको हो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर वीरबहादुर थापा, जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । इन्सपेक्टर थापाले विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए । 

432297046_3328277004139035_128281732097377690_n-1710310750.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update