Paschim Express
बैतडीमा भ्रष्टाचार मुद्दामा दोषी भएर भागेका दुईजना पक्राउ

बैतडी : भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट कैद सजाय र जरिवाना सुनाइएका २ जना फरार प्रतिवादी बैतडीमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही गाउँपालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ। दुवैलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो। 

२०७६ सालमा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update