Paschim Express
पत्रकार जोशी बहुआयामिक युवा उत्प्रेरक सम्मानबाट सम्मानित

धनगढी । चैतन्य पाठशालाले पत्रकार हरि जोशी लाई सम्मान गरेको छ ।  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव तथा धनगढी एफएमका कार्यकारी निर्देशक तथा धनगढीखबरका सम्पादक रहेका जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरिएको हो । 

चैतन्य पाठशालाको २३ औं वार्षिकोत्सव समारोहमा पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य डा. तारा जोशी, बिशिष्ट अतिथि मदन पुरस्कार बिजेता महाकाव्यकार डा. नवराज लम्सालले कदरपत्र र दोसल्लासहित पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरे ।

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले पत्रकारिता तथा बिभिन्न सामाजिक संस्थामार्फत युवाहरुलाई उत्प्रेरित गरेबापत पत्रकार जोशीलाई चैतन्य बहुआयामिक युवा उत्प्रेरक सम्मान २०८० प्रदान गरिएको बताए ।

जोशी धनगढी जेसिजका महासचिव समेत रहेका छन् । यस्तै उनी रेडियोहरुको व्यवसायीक छाता सस्था ब्रोडकाष्ट्रीङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय कोषाध्यक्ष समेत हुन् । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update