Paschim Express
डडेल्धुरामा व्यापार गर्दै आएका बोहराकी पत्नीको रुखबाट लडेर मृत्यु

डडेल्धुरा । बैतडीमा रुखबाट लडेर एक महिलाको  मृत्यु  भएको  छ । जिल्लाको  सिगास गाउँपालिका–४ गढतोला शैनीकी ४६ वर्षीया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

बिहीवार घर नजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने  क्रममा बोहरा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते बोहरालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । उनका श्रीमान कर्णबहादुर बोहराले डडेल्धुरामा सिगास फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update