Paschim Express
अजयमेरु–भागेश्वरबीच अन्तरपालिका समन्वय बैठक, ठुलीगाडबाट नदीजन्य पदार्थ निकासी नियन्त्रण गर्ने निर्णय

डडेल्धुरा ।  डडेल्धुराको अजयमेरु र भागेश्वर गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक बसेको छ । आज (शुक्रबार) भएको बैठकले दुवै पालिकाको सीमामा पर्ने ठुलीगाडबाट भइरहेको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ । 

यस्तै दुवै पालिकाको साझा सडकलाई अवरुद्ध हुन नदिने र नियमित रुपमा बैठक सञ्चालन गर्ने निर्णयसमेत भएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । आजै दुवै पालिकाबीच मैत्रिपूर्ण ब्याटमिन्टन प्रतियोगितासमेत भएको थियो ।

बैठक अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’को अध्यक्षता र भागेश्वरका अध्यक्ष हेमराज चटौतको प्रमुख आथित्यतामा सम्पन्न भएको भारतीले बताए । 

431647991_779986154192000_46935347438752662_n-1710495256.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update