Paschim Express
डडेल्धुराको अजयमेरु–६ मा पुगिन् कृषि राज्यमन्त्री गिरी, किसानहरुसँग अन्तरक्रिया

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकी कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री इन्द्रा गिरी अजयमेरु गाउँपालिकामा पुगेकी छिन् ।  त्यहाँ पुगेर उनले गाउँपालिकाको वडा नम्बर ६ का किसानहरुसँग अन्तरक्रिया गरेकी हुन् । 

उनले वडाभरीका कृषक समूह, टोल संयोजक तथा कृषकहरुको समस्याबारे छलफल गरेको वडाध्यक्ष हरिसिंह भण्डारीले जानकारी दिए । मन्त्री गिरीले किसानहरुका समस्या सुन्दै ती समस्याको निरुपण गर्ने प्रतिवद्धतासमेत जाहेर गरेकी छिन् ।

WhatsApp-Image-2024-03-15-at-12.37.49-PM-1710497937.jpeg 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update