Paschim Express
सेमिफाइनलमा पुग्न नेपालले बनाउनुपर्नेछ दुई सय तीन रन

काठमाडौँ  । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनुपर्ने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए। जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए। गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update