Paschim Express
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रियाबारे छलफल सम्पन्न

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रियाबारे छ्लफल भएको छ । योजना तर्जुमाको प्रक्रियाबारे वडास्तरीय छलफल कार्यक्रम पालिका मुकाम बडालमा सम्पन्न भएको हो ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल संगको साझेदारीमा गन्यापधुरा गाउँपालिकामा संचालित नेपालको राजनीतिमा महिला नेतृहरुको रुपान्तरीत नेतृत्व परियोजनाअन्तर्गत उक्त कार्यक्रम भएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, विशिष्ट अतिथि गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की रहेका थिए । यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, वडा नम्बर २ का अध्यक्ष मनाेज देउवा, वडा नम्बर ३ का अध्यक्ष चक्र देउवा, ४ का अध्यक्ष नरेशकुमार भट्ट, रुडुक डडेल्धुराका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले गन्यापधुरा गाउँपालिकाले गरेको सहकार्यका लागि धन्यवाद दिए । कार्यक्रममा सहभागी महिला नेतृत्व मंच र युवा महिला संजाल गन्यापधुरालाई पनि उनल्र धन्यवाद दिए ।  

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update