Paschim Express
सुदूरपश्चिमले जावलाखेललाई‌ हरायो

काठमाडौं । सुदूरपश्चिम प्रदेशले आठौं आरबीबी–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको‌ पुरुषतर्फ जितका‌ साथ यात्रा सुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको दोस्रो दिन आइतबार पुरुषतर्फको पहिलो खेलमा सुदूरपश्चिमले जावलाखेल भलिबल क्लबलाई ३-० ले हराएको छ । तीन भारतीय खेलाडी सम्मिलित सुदूरपश्चिमले जावलाखेलले २५-२१, २५-१३,२५-१७ ले हराएको हो ।

महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको थियो । पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । पुलिसले २५-१२,२५-७,२५-८ ले खेल जितेको थियो। कर्णालीले यो च्याम्पिनसिपलाई राष्ट्रपति रनिङ शिल्डको तयारीको‌ रुपमा लिएको छ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update