Paschim Express
दार्चुलाको दुहुँले एकल पुरुषलाई मासिक भत्ता दिने

दार्चुला ।  दार्चुलाको एक स्थानीय तहले एकल पुरुषलाई सामाजिक सुरुक्षाबापत मासिक भत्ता दिने भएको छ । जिल्लाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको हो। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको हो ।

दुहुँ गाउँपालिकाले सूचना जारी गर्दै भत्ता पाउन उमेर पुगेका व्यक्तिलाई वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । गाउँपालिकाले गैरदलितको हकमा ५० वर्षदेखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्षका पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती बमले बताइन् । गाउँपालिकाको आव ०८०/८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update