Paschim Express
मर्मतपछि आवतजावतका लागि खोलियो कर्णाली पुल

कैलाली । पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ ।

अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो ।

त्यसपछि बन्द रहेको पुल आजबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझावपछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट एकतर्फी यातायात सुरु गरिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update