Paschim Express
धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की

काठमाडौं । कैलालीकाे धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

 

राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत् सुरक्षा व्यवस्था गर्न निवेदन पेस गरेका छन् । प्रशासनले  नगर प्रमुखले  पेस गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाएकाे छ ।

 

उता कैलाली प्रहरीका प्रवक्ता कुलदीप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update