Paschim Express
एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन् । एमाले डडेल्धुराको ९औं अधिवेशनबाट अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्।

शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको बताइएको छ । तर, अन्य पदमा सहमति जुटिसकेकाे छैन ।

यस्तै पदाधिकारीबाहेकका सदस्य पदमा भने उम्मेदवार नै नपाइएको बताइएको छ । अहिले परशुरामस्थित अधिवेशनस्थलमा सदस्य पदका लागि उम्मेदवारको खोजी भइरहेको छ । 


 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update