Paschim Express
डडेल्धुराको अमरगढीमा स्थानीय तहको योजना तर्जुमाबारे छलफल सम्पन्न

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा स्थानीय तहको योजना तर्जुमा प्रक्रियाबारे छ्लफल भएको छ । योजना तर्जुमाको प्रक्रियाबारे वडास्तरीय छलफल कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको हो ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपाल संगको साझेदारीमा अमरगढी नगरपालिकामा संचालित नेपालको राजनीतिमा महिला नेतृहरुको रुपान्तरीत नेतृत्व परियोजनाअन्तर्गत उक्त कार्यक्रम भएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, विशिष्ट अतिथि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्री र ४ का अध्यक्ष परमानन्द  शाहु रहेका थिए ।

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले अमरगढी नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद दिए । कार्यक्रममा सहभागी महिला नेतृत्व मंच र युवा महिला संजाललाई पनि उनले धन्यवाद दिए ।  

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update