Paschim Express
बैतडीमा यात्रु बोकेको जीपबाट अवैध ‘लिची' बरामद

बैतडी । बैतडीमा यात्रु बोकेको जीपबाट १५ पेटी अवैध मदिरा बरामद गरिएको छ ।

पाटन बजारदेखि पाटन–७ कैलपाल जादै गरेको से १ ज ५२२ नम्बरको जीपमा लुकाइछिपाइ लगिरहेको मदिरा बाजापानी नजिकबाट अस्थायी प्रहरी पोष्ट बयलाचोराले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बरामद गरेको मदिरा मध्ये १३ पेटी लिची र १ पेटी बियर तथा  थप एक पेटी अन्य ब्राण्डको मदिरा रहेको प्रहरीले जनाएको छ। मदिरा बरामद गरिएको जीपमा यात्रु समेत सवार रहेकाले यात्रुलाई सम्बन्धित ठाउँमा पुर्‍याउनलाई हाल जीपलाई छोडिएको प्रहरीले जनाएको छ ।

अवैध मदिराबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।   

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update