Paschim Express
झुलाघाट पुल बेलुकी ७ बजेसम्म खोल्ने सहमति

बैतडी ।  नेपाल–भारत सीमा समन्वय बैठकमा झुलाघाट पुल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति भएको छ । भारतको पिथौरागढमा सम्पन्न भएको समन्वय बैठकमा सअघि यो पुल विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेकोमा पुल अब साँझ ७ बजे सम्म खोल्ने सहमति भएको हो ।

बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायत विषयमा पनि बैठकमा छलफल भएको छ। भारतमा यही अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि सीमानाका बन्द गर्ने सहमति दुवै देशका अधिकारीबीच भएको जनाइएको छ।

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update