Paschim Express
डडेल्धुराको बगरकोट सडक ५ वर्षसम्म कालोपत्रे भएन, पटकपटक हुन्छ म्याद थप

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकालाई जोड्ने मुख्य सडकको निर्माण अलपत्र परेको छ । भागेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसंग जोड्ने मुख्य सडक कालोपत्रे गर्न ठेक्का भए पनि काम हुन नसकेको हो । 

०७६ सालमा ठेक्का लागेको सडकको म्याद तीनपटक थप गर्दासमेत कालोपत्रे हुन नसकेको हो । बागबजार–बगरकोट–सिराड–रुपाल सडकको बिरादे–बगरकोट–सिराड खण्डको ८ किलोमिटर सडक कालोपत्रेका लागि ०७६ असार ३० गते ठेक्का सम्झौता भएको थियो ।

२०७८ पुस मसान्तसम्म काम सम्पन्न गर्ने गरि महादेव, खिम्ती, शनिदेव जेभीसंग २३ करोड १८ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्भौता भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले जानकारी दिए । उनका अनुसार हाल तेस्रोपटक म्याद थप गरी ०८१ बैशाख ३० गतेसम्म काम सम्पन्न गरिसक्नु पर्ने समय छ ।

तर निर्माण कम्पनीले अहिले पनि काम गरिरहेको छैन । पटकपटक म्याद थप गर्दासमेत सडक कालोपत्रे नहुँदा स्थानीयलाई सास्ती छ । उक्त सडक भएर भागेश्वर गाउँपालिकाबासी मात्र नभई बैतडीका तल्लो स्वराड क्षेत्रका तीन पालिका मैलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाबासी पनि आवतजावत गर्दै आएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update