Paschim Express
इन्स्पेक्टरमा बढुवा भए करविर सिंह ऐर

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मुद्दा शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरको बढुवा भएको छ ।  गृह मन्त्रालय सचिव स्तरको निर्णयबाट उनी प्रहरी निरीक्षक(इन्स्पेक्टर) मा बढुवा भएका हुन् । 

बढुवापछि डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले उनलाई आज दर्जानी चिह्न प्रदान गरेका छन् । केही समयअघि जिल्ला प्रहरी कार्यालय बझाङबाट सरुवा भएर आएका ऐर मुद्दा शाखामा अनुभवी कर्मचारीका रुपमा चिनिन्छन् । बझाङ सरुवा हुनुअघि पनि उनी डडेल्धुरा प्रहरीकै मुद्दा शाखा हेर्थे । 


 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update