Paschim Express
बैतडीमा काेदालाे प्रहारबाट गाउँपालिकाका कर्मचारीसहित तीनजना गम्भिर घाइते

बैतडी । बैतडीमा काेदालाे प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीकाे काेदालाे प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलाैनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयाेगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका हुन् ।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई काेदालाे प्रहार गरेकाे र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलाैनी र भट्टमाथि पनि काेदालाे प्रहार भएकाे बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घाइते तिनै जनाकाे अहिले स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ। उनीहरूकाे अवस्था गम्भिर रहेकाेले थप उपचारको लागि नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएकाे प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

काेदालाे प्रहार किन गरे भन्ने बारे खुल्न सकेकाे छैन । काेदालाे प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update