Paschim Express
कोदालो प्रहारबाट घाइते भएकी श्रीमतीको मृत्यु [अपडेट]

बैतडी ।  बैतडीमा श्रीमानले काेदालाे प्रहार गर्दा घाइते भएकी महिलाकाे मृत्यु भएकाे छ । डिलाशैनी गाउँपालिका-७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीकाे मृत्यु भएकाे हाे ।

यस्तै घाइते भएका शरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टकाे उपचार भइरहेकाे छ । उनीहरूको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको  प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको छैन । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update