Paschim Express
होलीमा जबरजस्ती रंग दल्नेलाई डडेल्धुरा प्रशासनले कारबाही गर्ने

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले होली पर्व मर्यादित ढंगबाट मनाउन अनुरोध गरेको छ ।  एक सूचना जारी गर्दै प्रशासनले होली पर्व हर्षोल्लास एवं मर्यादित ढंगबाट मनाउन सबै सर्वसाधारणलाई आग्रह गरेको हो ।

 होली पर्वको अवसरमा कसैको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा हो–हल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्‍याउनेजस्ता अराजक, उच्छृङ्खल एवं अवाञ्छित क्रियाकलापहरू नगर्न/नगराउन उल्लेख छ।

साथै त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न भएको पाइएम कानून बमोजिम कारबाही गरिने पनि चेतावनी दिइएको छ ।

received_942644367092492-1711025234.jpeg

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update