Paschim Express
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७ घाइते

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति ९ बजे जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएका छ भने ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेका छन् । त्यस्तै घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह रहेका छन् ।

त्यस्तै सोही ठाउँका धन बहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उनका छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

घाइतेहरूमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

घाइतेहरूमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

मृतकको शव पनि पोस्टमार्टमको जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update