Paschim Express
सुदूरपश्चिममा होलीको उल्लास, पृथक तरिकाले मनाइन्छ हरेक जिल्लामा
डडेल्धुरामा युनिटी एफएमले आयोजना गरेको होली, फोटो : हिक्मत सिंह

कञ्चनपुर । असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ ।

कैलाली र कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइसराइ गरी आउनेको होली भिन्न छ । 

पछिल्लो समय पहाडी जिल्ला अछाम, बैतडी, दार्चुला र डडेलधुराबाट तराईमा बसाइँ सरेर आउनेले पनि आ(आफ्नो ढङ्गले होली मनाउन थालेका छन् ।

यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेलधुराको रुपाली होली भिन्न छ । त्यसैगरी, दार्चुला र बैतडीबाट बसाइँ सरी आएकाले होली भिन्न तरिकाले मनाउने गरेका छन् । 

हाल कञ्चनपुरमा अछामी होली, रुपाली होली र दार्चुला, बैतडीको होली भिन्न भिन्न तरिकाले मनाउने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update