Paschim Express
डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन जनाको उद्दार 

धनगढी । माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ भने  तीन जनाको सकुसल उद्दार गरिएको छ ।

शिखर नगरपालिका ९ ढुङ्गमा माटाको ढिस्कोले च्यापियर छोयाकी निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएकोशिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए ।

घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव राति ११ बजे स्थानिय र सुरक्षा निकायको सहयोगम निकालिएको वडाध्यक्ष भट्टले जानकारी दिए ।

नयाँ बर्षका घर लिप्नका लागि रातो माटो खन्ने क्रममा उनी माटोमा पुरीएको डोटी प्रहरीले जनाएको छ । उनीसँगै माटो खन्ने तीन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update