Paschim Express
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

अछाम : अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको  प्रहरीको भनाइ छ ।thumb-1711344342.jpg

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update