Paschim Express
डडेल्धुराको अमरगढीमा निशुल्क मुटु परीक्षण शिविर हुँदै

डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिकामा निशुल्क मुटु पपरीक्षण शिविर सञ्चालन हुने भएको छ । जिल्ला सदरमुकाममा रहेको महेन्द्र माविमा चैत २४ गते मुटु पपरीक्षण शिविर सञ्चालन हुने भएको हो ।

अमरगढी नगरपालिकाको आयोजना तथा नेपाल विद्यार्थी संघ डडेल्धुरा, महेन्द्र मावि र डडेल्धुरा अस्पतालको सहयोगमा निशुल्क शिविर हुने बताइएको छ । 

अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीका अनुसार शिविरमा सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टरको प्राविधिक सहयोग रहेको छ । 

शिविर आयोजनामा सहयोग गरेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले मुटुरोगीलाई शिविरमा सहभागी भएर सेवाको मौका लिन अनुरोध गरेका छन् । उनका अनुसार २४ गते विहान ८ बजेदेखि शिविर सुरु हुने छ । 

May be an image of 1 person and text

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update